काेराेनाकाे परीक्षण गर्न आफै टेकु अस्पताल पुगेका व्यक्ति किन ‘भागे’?

काठमाडौं । बिहीबार मध्यान्ह एउटा खबर फै’लियो, कोरोना सं’क्रमणको आशंका गरिएका विरामी टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइसोलेसन बार्डबाट भागे । विश्वभर फैलिएको कोरोना सं’क्रमणको त्रासमा रहेका हरुलाई यो समाचारले थप अत्याउनु स्वाभाविक थियो । तर यसमा वास्तविकता केही फरक छ ।

टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन् तर उनी कोरोना सं’क्रमित होइनन्। अस्पताल पुगेका उनलाई भाइरसको कुनैपनि लक्षण देखा नपरेको भएपनि कोरियाबाट आएको हुँदा परिवारका सदस्यले संक्रमण भए नभएको पुष्टि गर्न अस्पताल ल्याएको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले बताए।

उनले भने, ‘उहाँलाई कुनै पनि लक्षण देखिएको थिएन। कोरियाबाट फर्केको हुनाले परिवारले परिक्षणका लागि अस्पताल ल्याउनु भएको थियो । तर उहाँले आफूलाई केही पनि नभएको भन्दै परिक्षण गर्न नमानेर हिड्नु भयो। हामीले उक्त व्यक्तिको मोवाइल ट्र्याक गर्‍यौँ। उनी आज बिहान परिवारसँग विमानस्थलबाट विराटनगर गएका छन्।’

सुनसरी घर भएका ३८ वर्षीय उक्त व्यक्तिको स्वास्थ्यमा कुनै पनि समस्या देखिए तुरुन्त अस्पताल लैजान उनको परिवारलाई आग्रह गरेकाे डा.राज भण्डारीले बताए। उनले भने ‘त्यस्तो आत्तिनु पर्ने केही छैन, उनीमा भाइरसको कुनै पनि लक्षण देखा परेको छैन।’

काठमाडाैँ प्रहरी प्रवक्ता हाेविन्द्र बाेगटीले अस्पतालले बुधबार राति एक व्यक्ति काेराेनाकाे परीक्षण नगरी बाहिरिएकाे बताए। ‘बुधबार राति साढेआठ बजे अस्पताल पुगेका उनी त्यहाँ दुई घण्टा बसेर कुनै परीक्षण नगरी बाहिरीएकाे खबर हामीलाई प्राप्त भएकाे थियाे । तर उनी काेराेना संक्रमित भएकाे भन्ने कुनै आधार छैन’,उनले भने।

प्रतिक्रिया दिनुहोस्