ट्रम्पले कोरोनाबाट बच्‍न हप्‍तौँ देखि अनुहार नै छोएका छैनन् !

वासिङ्टन : विश्वभर कोरोना भाइरसको सं’क्रमण फैलिरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि यसबारे सा’वधानी अपनाउन आग्रह गरेका छन् । उनले आफू यस सं’क्रमणबाट जोगिन सचेत रहेको बताएका छन्। ह्वाइटहाउसमा कोरोना भाइरस सं’क्रमणबारे हालैको एक बैठकमा उनले आफ्नो अनुहार हप्तौँ देखि नछोएको बताए ।

सामान्यतः अनुहारमा हात लैजाँदा कोरोना भाइरस सर्नसक्ने भन्दै खाली हातले अनुहारमा हातले नछुन स्वास्थ्य कर्मीहरुले सल्लाह दिँदै आएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सोही सुझाव मान्दै केही हप्ता देखि नै अनुहार नछोएको बताएका हुन् । यस्तै उनले आफ्नो अनुहार ‘मिस’ गरेको पनि प्रतिक्रिया दिए ।

बुधबार ह्वाइटहाउसमा एयरलाइन्सका प्रमुखसँग कोरोना भाइरस कै विषयमा बैठक बसेका बेला यस्तो बताएका हुन् । उनले त्यहाँ उपस्थित अरुलाई पनि संक्रमणबाट जोगिन सचेत रहनुपर्ने भन्दै सुझाव दिएका थिए । ट्रम्पले ‘अनुहार नछोएको’ जानकारी दिइ रहँदा पत्रकारसहित उपस्थित भएकाहरुमाझ हाँसोको फोहोरा नै छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्