प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सु’धार हुँदै, सोमबारसम्म डिस्चार्ज गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सु’धार हुँदै गएको छ । ओलीले बिहीबार बिहान कालो चिया र पानी पिएको चिकित्सकले बताएका छन् ।ओलीको दोस्रो पटक बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको हो । उन लाई त्रिवि शिक्षण अस्पतालको पोष्ट अ’परेशन वा’र्डमा राखिएको छ । अ’परेसनपछि ओलीको स्वास्थ्यमा सु’धार हुँदै गएको र प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गरिरहेको चिकित्सकले बताएका छन् ।

उपचारमा संलग्न चिकित्सक डा प्रेम ज्ञवालीले सोमबारसम्म प्रधानमन्त्रीको डि’स्चार्ज हुने स’म्भावना रहेको बताए । भान्जी नाता पर्ने समिक्षा संग्रौलाले ओलीलाई मिर्गाैला दिएकी हुन् । उनको पनि स्वास्थ्य अवस्था राम्रो छ । ओलीले प्र’त्यारोपण स’किएयता बिहीबार बिहान ८ बजेसम्म १० लिटर भन्दा बढी पिसाब गरेको त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रेम खड्गाले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्री ज्यूले पि’साब गर्नु भएको छ, यसको अर्थ नयाँ मिर्गौलाले काम गर्न थालेको छ ।’ प्र’त्यारोपण पछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको स’मूहले प्रधानमन्त्री ओलीको विशेष नि’गरानी गरिरहेको छ । मिर्गौला प्र’त्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भ’र्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्