मुक्तिनाथ विकास बैंकद्धारा मृ’तकको ऋ’ण मिनाहा, थप राहत विरतरण

सल्यान, २२ फागुन । सल्यानको सिद्धकुमाख गाउँपालिका वडा न.१ पटारेमा मोटरसाईकल दु’र्घटनामा मृ’त्यू भएका रमेश बुढाथोकीको मुक्तिनाथ विकास बैंकको क’र्जा बापतको ऋण मिनाहा गरिदिएको छ। मुक्तिनाथ बिकास बैंक थारमारे बाट ब्यापारको लागि लिएको ५ लाख रुपैया मध्य बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ८३ हजार ९६ रुपैयाँ र का’जक्रिया बापतको रकम रु.५ हजार हस्तान्तरण गरेको छ ।

त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा रु.३ लाख ७७ हजार ३ सय ७३ रुपैँया पनि मिनाह गरेको छ । उक्त रकम मृतक बुढाथोकीकी श्रीमती अस्मीता बटालालाई बाग चौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी र सिद्ध कुमाख गाउँ पालिका वडा नं.०१ का वडा अध्यक्ष राम बहादुर बस्नेत, मुक्तिनाथ बिकास बैंक श्रीनगरका डेस्क प्रमुख डिल्ली प्रसाद रानाद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका थियो ।

मुक्तिनाथ विकास बैंक लि. थारमारे शाखाका शाखा प्रमुख गेहेन्द्र भट्टराईले बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको र हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनी देखि ग’रीब सम्मलाई वित्तिय सेवा दिईरहेको दाबी गर्नुभयो । साथै उहाँले बैंक सामाजिक उत्तरदायित्वमा सक्रिय भएर लागीरहेकोे बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्