साउदी अरबमा भारी हिमपात, पर्यटकको भीड बढ्यो

एजेन्सी : साउदी अरबको उत्तरी भाग ताबुकमा शुक्रबार बिहान देखि हिमपात सुरु भएको छ । अरब न्यूजका अनुसार हिउँले जबल अल–लावज, अल–दाहेर र अल्कान पर्वत ढाकिएको छ । अरबको यो उत्तरी भाग पर्यटक बीच निकै लोकप्रिय छ । यो इलाकामा अत्यधिक ट्राफिक हुने भएकाले सरकारले यहाँको सुविधा लगातार बढाइरहेको छ । अरब न्यूजका अनुसार यो इलाकाको तापक्रम माइनसमा पुगेको छ ।

प्रशासनले मानिस हरुलाई यो मौसमका लागि सतर्क बनाएको छ । मौसम विभागले ताबुक, मदीना र उत्तरी सीमावर्ती इलाकामा भारी वर्षाको पनि चेतावनी दिएको छ । अरबी पत्रिका अशराक अल– अवसातका अनुसार साउदी अरब हरेक वर्ष जबल अल लावज जबल अल–ताहिर र ताबुकमा जबलल अल्कान पर्वतमा दुईदेखि तीन हप्तासम्म हिमपात हुन्छ । यो पहाड साउदी अरबको उत्तर पश्चिम इलाकामा छ ।

साउदीमा यहाँ हिमपात भएपछि निकै हलचल हुन्छ। हिमपात भएपछि साउदीका मानिसहरु पनि यो इलाकामा पुग्छन। ताबुकमा टुरिजम अथोरिटीको जनसम्पर्क अधिकारी वाइल अल–खालदीले अशराक अल–अवसातले भने ‘हिमपात भएपछि स्थानीय बाहेक विदेशी पर्यटक पनि त्यहाँ पुग्छन् । हामीलाई आशा छ कि यतिबेला ठूलो संख्यामा पर्यटक पुग्नेछन् । यो वर्ष स्कूल छुट्टी भएपछि हिमपात भएको हो ।’ जबल अल–लावज पहाड २ हजार ६ सय मिटर अग्लो छ ।

यो पर्वतलाई अलमण्ड माउन्टेन पनि भनिन्छ किनभने यहाँ ठूलो संख्यामा बदाममा रुख लगाइएका छन। हरेक वर्ष यो पहाडमा हिमपात हुन्छ र तापक्रम अचानक घट्ने गर्छ । ताबुक साउदीको सबैभन्दा सुन्दर इलाकामध्येमा पर्छ । यहाँ बास्नादार बिरुवा छन् जस को प्रयोग परफ्युम बनाउन प्रयोग हुन्छ । ताबुक जोर्डनको सीमा नजिकैको इलाका हो । साउदीमा भएको हिमपातको विषयमा सोसल मिडियामा पनि निकै हलचल छ ।

प्रतिक्रिया दिनुहोस्