अजय देवगनले ‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउने

एजेन्सी : बलिउड अभिनेता अजय देवगण ‘बाहुबली’ भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्दैछन्। ४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लामा उल्लेख गरिएको छ। बलिउड अभिनेता अजय देवगन ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् ।

अभिनेता आज काल आफ्नो एक्सन फ्लिक ‘मेडे’ मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा अर्को एउटा खबर सार्वजनिक भएको छ । अजय देवगनले आफ्नो ड्रीम प्रोजेक्टमा काम सुरु गरेको बताइन्छ । यो फि’ल्मलाई अजय देवगनले ४ सय करोडकामे बजेटसहित बनाउनेछन् । अजय देवगनको एक नजिकको स्रोतले पिंकभिल्लालाई भने, ‘अजयको दिमागमा यो विषय निकै लामो समयदेखि थियो र उनले अब यो बनाउनका लागि कदम उठाएका छन् ।

अजय देवगनले आफ्नो भिजन र बेसिक प्लटलाई थुप्रै लेखकसँग साझा गरेका छन् । यसको स्क्रिनप्ले माथि काम पनि सुरु भएको छ । फिल्ममा उत्कृष्ट भीएफएक्स र व्यापक इमोशन हुनेछ । अभिनेता यस माथि अनुसन्धान गर्नका लागि निकै उत्साहित छन् । यो पिरियड फिल्म होइन । यद्यपि, स्क्रिप्टको अन्तिम नतिजामा प्रोजेक्ट निर्भर हुन्छ ।’

अजयका साथै एनवाई भिएफएक्सवालामा उनको टीम पनि यस्तो प्रकारको ठूलो प्रोजेक्ट गर्नका लागि उत्साहित छ । यद्यपि, यो प्रोजेक्टको भविष्य को’रो ना भाइरसमा पनि निर्भर हुन्छ । यो फिल्मको प्रोजेक्ट केही क्षमतावान् लेखकद्वारा लेखिँदैछन् । स्रोतका अनु सार हाल अनुमानित बजेट ४०० करोड भारुभन्दा माथि छ । स्क्रिप्टको आवश्यकता अनुसार यो बजेट थप बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्