कोरोना भा’इरस प्र’भाव: औषधिको आपूर्ति न’रोक्न भारतलाई नेपालको आग्रह

काठमाडौं : भारतले अत्यावश्यक ‍औषधि र त्यसको कच्चा पदार्थको निर्यातमा नियन्त्रण गरेपछि नेपालले आफ्नो हकमा त्यस्तो कडाइ नगर्न दिल्लीलाई अनुरोध गरेको अधिकारीहरूले बताएका छन्। हाल बाङ्लादेशमा रहेका नेपालका वाणिज्य सचिव बैकुन्ठ अर्यालले आफ्ना भारतीय समकक्षीसँग टेलिफोनमा कुराकानी गरि नेपालमा औषधिहरूको आपूर्ति नरो’क्न अनुरोध गरेको वाणिज्य मन्त्रालयका एकजना सहसचिवले बताए।

भारतले २६ प्रकारका औषधि र तिनका कच्चा पदार्थको निर्यात नियन्त्रण गर्ने बताइरहँदा त्यसले नेपालमा अत्यावश्यक औषधिहरूको अभाव हुनसक्ने ठानिएको छ। तर अधिकारीहरूले कम्तीमा तीन महिनासम्म पुग्ने मौज्दात देशभित्र उपलब्ध रहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको जनाएका छन्। भारतले दु’खाइ निय’न्त्रण गर्ने सिटामोल, विभिन्न प्रकारका भिटामिन सहित २६ प्रकारका औषधि र क’च्चा पदार्थको निर्यातलाई सीमित गर्न लागिएको घोषणा दुई दिन अघि गरेको थियो।

उक्त विषयमा नेपालले भारतको ध्यानाकर्षण गराएको र सकारात्मक जवाफ पाएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले बताए। उनी भन्छन्, “बाङ्लादेशमा रहनु भएका वाणिज्य सचिवले उतै बाट भारतका वाणिज्य सचिवसँग कुराकानी गर्नु भएको छ। भारत नेपालको सन्दर्भमा सकारात्मक छ भनेर हाम्रो सचिवले भन्नुभएको छ। हामी निरन्तर स’म्पर्कमा नै छौँ।” बिबिसी नेपालीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्