ह’ल्लाको पछि नलागाैं, ४ महिनालाई पुग्ने औ’षधि मौज्दात छ

काठमाडौं,२३ फागुन । बजारमा औषधि अभावको ह’ल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन। नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिनुभयो ।

सामाजिक स’ञ्जालमा औ’षधिको अ’भाव भन्ने खबरले जनतालाई भ्र’म सृजना समेत गरेको उहाँले बताउनु भयो। नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीहरु सँग रहेको जानकारी दिदै हल्लाको पछि लागेर अनावश्यक औषधि ख’रिद गरेर नराख्न सर्व साधारण लाई महासचिव आचार्यले आग्रह गर्नुभयो ।

हिजो मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गर्नुभएको समेत महासचिव आचार्यले जानकारी दिनुभयो। बिभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकोले औषधिको बारेमा अनावश्यक ह’ल्ला गर्न आवश्यक नरहेको उहाँले सपष्ट पार्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्