‘टिपर चालक’ लाई ईश्वरका नाममा १० बुँदे सपथ

काभ्रे । बागमती टिपर ब्यवसायी संघ बनेपाले चालकहरुलाई इश्वरका नाममा १० बुँदे सपथ गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको समन्वयमा बागमती टिपर ब्यवसायी संघमा आवद्ध टिपर चालकहरुलाई सपथ गराईएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल लामाले पहिलो चरणमा ४० जना चालकहरुलाई सपथ गराउनु भएको हो ।

बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामाले आफुले आफैलाई सचेत गराउन चालक स्वयंलाई लिखित सपथ गराईएको बताउनु भयो । चालकहरुले १० बुँदे सपथमा मा’दक पदार्थ सेवन गरेर कहिल्यै गाडी नच’लाउने, गाडीमा संगितको उफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेशर हर्न नबजाउने, जथाभावी ओभरटेक तथा पार्र्किङ्ग नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने,

अभोरलोड सामान नबोक्ने, गाडी चलाउनु अगाडी गाडीको चेकजाँच गर्न, क्याविन र ढालामा यात्रू नराख्न, तिब्र गतिमा गाडी नचलाउन, गाडी चलाउँदा मोवाईल फोन प्रयोग नगर्न, आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाईलाई प्राथमिकता दिन, गाडीको काग ज पत्र सधै साथमा राख्न, ट्राफिक नियमको पालना गर्न र भिजिन नेपाल २०२०को प्रचार प्रसारको लागि गाडीमा स्टिकर टाँस्न सपथ गराईएको थियो ।

‘टिपर संचालनमा अनेकन समस्या छन्’–अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘समस्याका बाबजुत चालकहरुद्वारा हुने दु’र्घटना न्यूनिकरणका लागि यो प्रयास गरिएको हो।’ राजधानीमा दिउँसो टिपर संचालनमा रोक लगाईएको छ । रात्रिकालीन सेवाका कारण चालकहरुको खाना, सुत्ने र पारिवारीक रुपमा पनि समस्या बढ्दै गएको अध्यक्ष लामाले बताउनु भयो । नेपाल समाचारपत्रमा खबर छ ।

सडक पहिलो सभ्यताको आधार भएकाले सडकको सरसफाई, सुरक्षा, सभ्यता, अनुशासन कायम राख्न ब्यवसायी र चालकहरु प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । जिल्लाबाट २ हजार २ सय टिपर दैनिक राजधानीका लागि ओहोर दोहोर गरिरहेका हुन्छन् । बाग मती टिपरसँग आवद्ध रहेका १ हजार चालकहरुलाई सपथ गराउँदै भिजिट नेपाल २०२० को प्रचार प्रसार गराउने योजना रहेको अध्यक्ष लामाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्