आजको राशिफल : असोज ६ गते बुधबार, कस्तो रहने छ तपाईंको भाग्य ?

काठमाडौं : वि.सं.२०७८ साल असोज ०६ गते । बुधबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– द्घितीया, अहोरात्र । नक्षत्र–रेवती, अहोरात्र । योग– वृद्धि, दिउसो ०३ बजेर १० मिनेट उप्रान्त ध्रुव । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान ३० घडी १६ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्ब’न्ध झन् बलियो भएर जानेछ । आर्थिक स’ङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – साझेदारीमा फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्ने छन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पै’त्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संल’ग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । ब’न्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा का’ट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धि हासिल हुनेछ। परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगा उन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कामको चाप र थ’काइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दा’म्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुख सुविधाका सामाग्रीको किनमेल गरिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – श’त्रु र प्रतिद्व’न्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ। व्यापार तथा उद्योग तर्फ फाइदाको योग छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकी बक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्त्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । प’शुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्त्वको दिन हुने छ । पराक्रम र उत्साह बढ्ने छ । प्रतिस्पर्द्धी परा’स्त हुने छन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबा’न्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुने छ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुने छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धि हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – हाँकेको ताकेको काममा सफल भइने छ। रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्ने छ । नयाँ कामको प्रस्ताव आउने छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।

प्रतिक्रिया दिनुहोस्