नेप्सेमा १०४ अंकको उछाल, १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं : बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ। कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको हो। बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ। भने सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेको छ। यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ।मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब हाराहारीमा झरेको छ।

यसदिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ मा खरिदबिक्री भएको छ। बुधबार दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने केहि म्युचु अल फण्ड र ऋणपत्रको मात्रै मूल्य केहि घटेको छ।यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमा बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन्।

बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँ बरा बरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसि लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख, अपि पावरको १३ करोड २ लाख र महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएकमा छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ७.७४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्