आफ्नो फेसबुक अरुले प्रयोग गरेको अब यसरी थाहा पाउँनुस्

काठमाडाैँ । अहिले सामाजिक संजाल चलाउनेको संख्या धेरै मात्रामा पाइन्छ । कतिलाई सकारात्मक असर पारिरहेको छ भने कतिलाई नकारात्मक असर पारिरहेको छ । सामाजिक स’ञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेस बुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । अहिले धेरैजनाको फेसबुक ह्याक हुने समस्या पनि बढ्दो छ ।

फेसबुक चलाउँदा ध्यान पुर्याउनु पर्ने विविध कुराहरु मध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ, कसैले चलाएको छ कि छैन। भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लग आउट गर्न सक्नु हुन्छ । त्यति मात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ । साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ ।

त्यसको लागि के गर्ने ?

सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् । त्यस पछि अकाउन्ट सेटिङमा जानुस्। त्यस पछि ‘Security and login’ अप्शनमा जानुस त्यहाबाट ‘’Where you’re logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।

स्मार्टफोनमा :

फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस त्यस पछि ‘Security and login’ जानुहोस त्यहा ‘’Where you’re logged in’ अप्शन देखिन्छ । त्यसमा ‘See all’ मा क्लिक गर्नुस् । यसरि पनि तपाइले तपाइको फेस बुक अरु कसले चलाइरहेको छ पत्ता लगाउन सक्नुहुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्