पश्चिमी वायुकाे प्रभाव : चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौँ, २३ फागुन । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महा शाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनु भयो ।

“मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघ गर्जन, चट्याङ र असिना सहित वर्षा हुनेछ”, उहाँले भन्नुभयो । लगातर ठूलो वर्षा नभई क्षणिक वर्षा हुने बताइएको छ । वर्षा छोटो समय हुनेछ उपत्यकाका पनि दिउँसो बदली भई वर्षा हुने औँल्याएको छ । उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ । हाल देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

शनिबार देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघ गर्जन चट्याङ र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशको पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभाग को एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिम पातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महा शाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम ताफक्रम २२ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्