१२ वर्ष अघि नै कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक

एजेन्सी। कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ। त्यो पनि पुस्तक मार्फत्। सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोना भाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो ।

अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणी बारेको पेज भा’इरल भइरहेको छ । पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलने छ । फोक्सोमा आ’क्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ । रिपोर्टस नेपालमा खबर छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलदै गएको छ । कोरोना भाइरस सम्बन्धि गलत प्रचारले पनि कोरोनाको त्रास बढाएको छ । स्थानीय तहका सरकारी निकाय देखि सामाजिक सञ्जालहरुमा समेत कोरोना भाइरसको विषयमा धेरै कुराहरु आएका छन । चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) को त्रास आजभोलि विश्वभर फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्