आजको राशिफल : असोज ८ गते शुक्रबार, यी राशिहरूकाे चम्कि’नेछ भाग्य !

काठमाडौं : वि.सं.२०७८ साल असोज ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– तृतिया, ०३ घडी ३६ पला, बिहान ०७ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०८ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दा नीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्द्धीको चलखेललाई सँगीसाथीको मद्दतले तो’ड्न सफल भइने छ । होसियारी साथ काम लिनुपर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सचेत रहेर काम गर्नुपर्ने दिन छ । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुनसक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइने छ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन् । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – मनमा चि’न्ता, श’ङ्का र छ’टपटी उब्जने छ । पिताको सेवासुश्रुषामा समय दिनु राम्रो हुनेछ । सानातिना काम र घरेलु सम’स्यामा अल्झनु पर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुने छ । कठिन चुनौती सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन, तर हिम्मत र साहसका साथ संयम भई कर्म गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – धा’र्मिक अनुष्ठान तथा परोपकार जन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्च बर्चमा नियन्त्रण गर्न सकिंदैन । फजु’लको यात्रा र घुम घामको सम्भावना छ । गरेका कामको सर्वत्र आलो’चना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ, तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – प्रतिद्व’न्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवा’द आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्ट मस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुन सक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – तर्क, विवा’द र बहसमा विजयी भइने छ । आशा गरे अनुरूप सहयोगी जुट्नेछन्। गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ। शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वाता वरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दा’म्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पै’त्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुने छ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – पुरानो सम’स्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । सन्तति र भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । त्यसो त कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । यद्यपि आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पन्न हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारी साथ काम लिनु पर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धो’का हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापर’बाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवा’द होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुन सक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा ड’र र त्रा’सको निवास हुने भय छ । मनको निराशा भाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्