बागलुङस्थित सरकारी अस्पतालमा ८६ वर्षीया वृद्धाको पहिलो पटक जोर्नी प्रत्या’रोपण

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्या’रोप ण गरिएको छ । गत भदौ २४ गते लडेर देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँ’चिएको तुलसा थापाको आज सफलरूपमा जोर्नी प्रत्या’रो पण गरिएको अस्पतालले जनाएको छ । यसलाई मेडिकल भाषामा ‘नेक अफ फिमर’ भन्ने गरिन्छ ।

दुर्गम जिल्ला मध्येको बागलुङस्थित सरकारी अस्पतालमा ८६ वर्षीया थापाको ह’ड्डी प्रत्या’रोपण गरिएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रतीक आचार्यले जानकारी दिनुभयो । कम्मरको देब्रेतर्फको गेडी जोर्नी श’ल्यक्रिया मार्फत निकालेर स्टिलको गे’डी राख्न सफल भएको र यो अत्यन्तै जो’खिमपूर्ण भए पनि जोर्नीको प्रत्या’रोपण सफल भएको डा आचार्यले बताउनुभयो ।

“उहाँको पहिलो जो’खिम भनेको उमेर हो, ८६ वर्षको उमेरमा श’ल्य क्रिया मार्फत प्रत्या’रोपण विरलै हुन्छ, अझ पहाडको सरकारी अस्पतालमा”, आचार्यले भन्नु भयो, “हाम्रो श’ल्यक्रिया समूहले निकै जो’खिम मोलेर श’ल्यक्रिया गरेर ह’ड्डी प्रत्या’रोपण गरेका हौँ, एक जनाले मात्रै यो गर्न सकिँदैन, सबैको सहयोगले यो सम्भव भएको हो ।”

आचार्यका अनुसार यसअघि आफ्नै नेतृत्वको समूहले ७० वर्षका वृद्धको जोर्नी प्रत्या’रोपण गरे पनि त्योभन्दा बढी उमेरको ह’ड्डी प्रत्या’रोपण भएको यस अस्पतालको पहिलो हो। उमेर जति बढी भयो त्यतिनै श’ल्यक्रिया तथा प्रत्या’रोपण कम सफल हुँदै आए पनि ८६ वर्षकी आमाको सफलतापूर्वक स्टिल गेडी जोर्नी प्रत्या’रोपण गर्न सफल भएको एनेस्थेसिया डा नवीन पौडेलले बताउनुभयो ।

“बिरामीलाई बे’होस बनाएर गरिने श’ल्यक्रियामा उमेरको ठूलो महत्व हुन्छ, उमेर बढी भएसँगै शरीर कमजोर हुन्छ,फोक्सो तथा ह’ड्डी कमजोर हुन्छ, हामीले यो स्तरको सरकारी अस्पतालमा जो’खिम मोलेकै हो”, डा पौडेलले भन्नुभयो, “यस्ता श’ल्यक्रिया गर्न अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरीटेन्डेन्टको समेत ठूलो सहयोग छ ।”

तीजको दिनमा बागलुङ नगरपालिका–१० भकुण्डे निवासी तुलासाको शौचालय जाने क्रममा ल’डेर कम्मरको देब्रे जो’र्नी भाँ’चिएको थियो। परिवारले यसअघि धौलागिरि अस्पतालमा शल्य’क्रिया गर्न दुई पटक ल्याउँदा समेत उहाँले श’ल्यक्रिया गर्न मान्नुभएको थिएन तर दुखाइ बढी भएको र विस्तरामै थला पर्ने अवस्था आएपछि शल्य’क्रियाका लागि परिवारले तेस्रो पटक अस्पताल ल्याएको र श’ल्यक्रिया सफल हुँदा खुसी भएको तुलसाका नाति धनबहादुर थापाले बताउनुभयो ।

उहाँलाई अझै १० दिन अस्पतालमा नै राखिनेछ । प्रत्या’रोपणपछि उहाँ सामान्य हिँड्डुल गर्न सक्ने अवस्थामा आउने चिकित्सकको आशा छ । अस्पतालको मेहनतका कारण अहिले हाड, जोर्नी सम्बन्धी श’ल्यक्रिया बढ्दै गएको र गत भदौ महिनामा मात्रै ४५ वटा हाड जोर्नीकै श’ल्यक्रिया सम्पन्न भएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । तस्बिर : सांकेतिक

प्रतिक्रिया दिनुहोस्