नेपाली फिल्मले जित्यो विश्वकै प्रतिष्ठित अवार्ड !

काठमाडौं । ‘घर आउ’- यो नेपाली फिल्मले विश्व प्रतिष्ठित फिल्म अवार्ड जितेको छ। ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो। नेपाली चलचित्रका चर्चित नायक सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले विश्वको सर्वाधिक प्रतिष्ठित फिल्म फेष्टिभलमा वेष्ट अवार्ड हासिल गरेको हो ।

आशा इन्टरनेशनल फिल्म अवार्ड बलिउडका लिजेन्ड कलाकार दादा साहेब फाल्केले थाल्नुभएको थियो । दादा साहेब फाल्के पुरस्कार पाउनु तथा उहाँले थालेको फिल्म फेष्टिभलमा अवार्ड जित्नु हलिउडका कलाकारहरुको समेत सपना हुने गरेको छ। ‘घर आउलाई हामीले धेरै फिल्म फेष्टिभलमा सहभागी बनायौं, धेरै ठाउँमा अवार्ड जितेका छौं । तर, आशा इन्टर नेशनल फिल्म फेष्टिभलमा वेष्ट फिल्म अवार्ड पाउँदा सपना जस्तो लागेको छ’– सौरमराजले फोन सम्पर्कमा भने-‘वेष्ट फिल्म अवार्ड पाउँछौं भन्ने चिताएकै थिएनौं । अवार्डपछि हाम्रो टिम असाध्यै उत्साहित भएको छ ।’

सौरमराज अहिले अमेरिकामा छन् । न्यूयोर्क फिल्म एकेडेमीमा पढाई पूरा गरेर उनले अमेरिका मै मोडलिङ, म्युजिक भिडियो तथा फिल्महरु गरिरहेका छन् । घर आउ सिर्फ १० मिनेट लामो फिल्म हो । यो फिल्ममा को’भिड कालमा अमेरिकामा रहेका छोरा र नेपालमा रहेकी आमाको तनावको कथा छ । फिल्म निर्माता बाँस्कोटा प्रडक्सन हो ।

बाँस्कोटा प्रडक्सनबाट कीर्तनाले कीर्तनाले अन्य केही सर्ट फिल्म बनाइसकेकी छिन् । घर आउ फिल्मलाई विश्वका अन्य प्रतिष्ठित फिल्म फेष्टिभलहरुमा पनि लगिने भएको छ । यो फिल्म नेपाली दर्शकहरु सामु आउनु अरु केही समय लाग्छ होला, अहिले हामीलाई फिल्म फेष्टिभलहरु नै भ्याई नभ्याई भएको छ’– सौरमराजले भने ।

प्रतिक्रिया दिनुहोस्