माैसम : आज चट्याङ सहित असिना पानी पर्ने, आइतबारबाट खुल्दै जाने

काठमाण्डाै : अहिले काठमाण्डाै सहित देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जन सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने छ । तर झरीको सम्भावना भने नभएको उहाँले बताउनु भयो । पश्चिमी वायुसँगै स्थानीय वायु कमजोर भएपछि आइतबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनु भयो । यस्तै आज देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।

मौमस पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका केही स्थानहरूमा मेघ गर्जनचट्याङहावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउनु हुन अनुरोध छ। भोलि आइतबारबाट भने मौसम सुध्रिने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्