‘छवि फर्काउन’ श्रीमतीसँग आधार क्षेत्रमा महरा

काठमाडौं : फागुन ५ गते काठमाडौं जिल्ला अदालतबाट स’फाई पाएकै दिन सांसद कृष्णबहादुर महरा जे’ल मुक्त भए। संयोगले भोलि पल्टै परेको संसद बैठकमा पूर्वसभामुख महरा पक्कै सहभागी हुनेछन् भनी धेरैको ध्यान बानेश्वर संसद भवनतिर केन्द्रित थियो। महराको सांसद पदको निलम्बन फुकुवा पनि फागुन ६ गते नै गरियो।

तर, उनी ६ गते संसद भवनमा गएनन्, ललितपुर खुमलटारमा रहेको निवासमा उनी शुभेच्छुकहरूबाट घेरिए। बधाई थापे। भेटघाट र कुराकानी मै व्यस्त रहे। १३५ दिनपछि थु’नामुक्त भएका महरा, ब’ला’त्कार प्रयास जस्तो ग’म्भीर आ’रोपमा मु’द्दा झेल्नुपरेको मानसिक तनावमा थिए। उनले शुरुमा नजिकका आफन्त र नेता कार्यकर्ताका धारणा सुन्ने र आफ्ना कुरा बुझाउने कामलाई प्राथमिकता दिए।

त्यसपछि ८ गते बसेको संसद बैठकमा पनि महरा संसद जान चाहेनन्। बरु खुमलटार मै विभिन्न व्यक्तिबाट बधाई तथा शुभकामना लिँदै उनीहरुसँग अन्तरक्रिया गरे । ती तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भए । सांसद महराका लागि नीति निर्माणमा भूमिका खेल्नेभन्दा आफ्नो छवि फर्काउने विषय मुख्य प्राथमिकता बनेको छ। नेपाल खबरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्