मनकामनाका लगानीकर्ताले १ हजार बाट १७ हजार कमाए !

काठमाडौं : मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रति कित्ता १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रति कित्ता १५९.३०रुपैयाँ बढेर १७५३.७० रुपैयाँमा पुगेको छ । यस कम्पनीको सेयरमा माग संख्या पछिल्लो दिनमा घट्दै गइरहेको र अन्य कम्पनीका शेरहरु पनि कम मूल्यमा पाइने भएकाले अब केही दिनमा यसको मूल्य घट्न सक्ने देखिन्छ ।

मंगलबार नेप्से परिसूचक ७० अंक घटेको छ । अघिल्लो कारोबार दिन २६८५.४५ विन्दुमा बन्द भएको बजार यस दिन २६१५.४० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ११.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१८ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।

अघिल्लो कारोबार दिन ५ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१८ कम्पनीको ७५ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । घटेको बजारमा यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ।यस दिन नेपाल हाइड्रो डेभलपर्स र हिमालयन पावर पार्टनर को शेयरमूल्य १० प्रतिशत घटेको छ भने गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य १० प्रतिशतकै हाराहारीमा कारोबार भएको छ।

मंगलबार पनि १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.३७ अंक घटेको छ । त्यसै गरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ४.७४ अंक घटेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन १८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । बैंकले आज मात्रै लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको १७ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्