मेरा कारणले कसैलाई खुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ : श्वेता खड्का

काठमाडौं : पछिल्लो समय फिल्म भन्दा व्यवसायमा बढी सक्रिय देखिन्छन् श्वेता खड्का। त्यसो त उनी फिल्म क्षेत्रमा आउनु भन्दा अघि नै व्यावसायिक थिइन् । हाँसी देऊ एक फेर, श्रीमान् श्रीमती, कहाँ भेटिएला जस्ता फिल्मार्फत सबैको मनमा बस्न सफल स्वेताले कान्छी मार्फत फिल्म निर्माणको क्षेत्रमा पनि हात हालिन् ।

आफ्नो र आफ्नो अभिनेता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा स्वेता श्री फाउन्डेसन स्थापित गरी त्यसमार्फत सरकारसँग सहकार्य गर्दै २०७२ सालको भूकम्पपछि टहरामा जीवन गुजारिरहेका सिन्धुपाल्चोकको ठूलो सिरुवारी स्थित माझी समुदायका निम्ति ५३ घर सहित को बस्ती निर्माण कार्यको अन्तिम चरणमा जुटिरहेकी छन्। अभिनय, फिल्म निर्माण र विभिन्न व्यवसायसँगै सामाजिक कार्यमा जुटिरहेकी स्वेता ।

नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापा सँगको अन्तर्वार्तामा स्वेता खडकाले यस्तो बताएकी हुन । के कुराबाट प्रभावित भएर समाज सेवामा लाग्नु भयो भन्ने प्रश्नमा उनले भनेकी छिन- कुनै पनि कुराबाट प्रभावित भएर वा समाजसेवा गर्छु भनेर गरिने चिज होइन। यो एकाएक गरिने चिज रहेछ। मेरा कारणले कसैको जिन्दगीमा खुसि मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ। त्यस कारण पनि सकेजति सहयोग गरिरहेकी हुन्छु।

प्रतिक्रिया दिनुहोस्