कोरोना भाइरसको संक्रमणबाट इरानी सांसदको मृ’त्यु

तेहरान: इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृ’त्यु भएको छ ।शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार फतेमेह रहबरको मृ’त्यु भएको हो। ५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रह बर तेहरानबाट निर्वाचित थिइन् । यससँगै उनी कोरोनाबाट मृ’त्यु हुने दोस्रो इरानी सांसद हुन् ।

इरानमा सांसद लगायत आठजना उच्चस्तरीय व्यक्तित्व सं’क्रमित थिए । इरानमा कोरोना भाइरसको म’हामारीका कारण विश्वविद्यालय र स्कुल बन्द गरिएका छन् । इरानमा पहिलो व्यक्तिमा स’ङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो ।

कोरोना भाइरस सङ्क्रमणका कारण मृ’त्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ। पछिल्लो समय तेहरानमा स्कुल र कलेजहरु बन्द गरिएको छ। कोरोना भाइरस गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानबाट महा मारीका रूपमा फैलिएको हो ।

प्रतिक्रिया दिनुहोस्