भारी वर्षापछि आएको बाढीमा परी १७ जनाको मृ’त्यु

काठमाडौं : पा’किस्तानमा परेको मुसलधारे वर्षा पछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृ’त्यु भएको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएका छन् । मृ’त्यु हुनेमा महिला तथा बाल बालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले लेखेका छन् ।

देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ। वर्षा र त्यसपछिको बाढी तथा डु’वानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको मृ’त्यु भएको उक्त प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताउनु भयो । उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घा’इते अवस्थामा उ’द्धार गरेको पनि बताइएको छ ।

वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्ष’ति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली न’ष्ट भएको बताइएको छ । वर्षाका कारण अन्य दुई बालबालिका सहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिण पश्चिमी बालोचिस्तान राज्यमा मृ’त्यु भएको उहाँले बताउनु भयो ।

भारी वर्षा र हिमपातका कारण पा’किस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ । पा’किस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो । महाशाखाले शनिबार पछि मौसममा सुधार आउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्