किन फैलियो बजारमा सामान अभाव हुने हल्ला ?

काठमाडौं, २४ फागुन । कोरोना भाइरसको त्रासले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्लाले सर्व साधारण चिन्तित बनेका छन् । अहिले बजारमा उपभोग्य सामग्री जम्मा गर्नेहरु प्रशस्तै भेटिन्छन् । सरकारले भने ६ महिनालाई पुग्ने भण्डार रहेको जानकारी दिएको छ । तर, सर्वसाधारण पत्याउँदैनन् । शनिवार पनि सामान किन्नेको घुँइचो नै रह्यो ।

आजकल बजारको माहोल देख्दा कुनै चाडबाड आएको होकि जस्तो लाग्छ। तर, त्यस्तो होइन, अहिले खासै प्रमुख चाड पनि छैन। तर, पसलहरुमा आम उपभोक्ताको भिड किन ? कोरोना भाइरस फैलिने त्रासले उपभोग्य सामग्री पाइदैन कि भन्ने चिन्ताका कारण सामान खरिद गर्ने बढेका छन् । आम उपभोक्ता भन्छन्– ‘अहिलेदेखि ‘स्टक’ राखेर ढुक्क हुन खोजेको हो ।

संक्रमण फैलिएर खाद्यान्न नपाउने अवस्था भए के गर्ने ?’ तर, सरकारले आस्वस्त पार्न खोजेको छ। सीमा नाका नै बन्द भएपनि ६ महिनालाई पुग्ने खाद्यन्न रहेको छ, एक महिनालाई पुग्ने ग्यास बजारमा छ । चिन्ता नलिन सरकारले पटक–पटक आग्रहगर्दै आएको छ । यो आग्रह पत्याउँदैनन् आम सर्वसाधारण । यही हल्लामा कालोबजारी मौलाएको छ । ग्यासमा कालोबजारी ! उपभोक्ताको चिन्ता यो मात्र होइन, कृत्रिम अभाव उत्पन्न गरेर व्यापारी कालो बजारीमा सक्रिय बनेको भन्नेहरु पनि प्रशस्तै छन् ।

यता, व्यापारीहरु भने सामान अभाव भएको मान्न तयार छैनन् । सरकारले भनेझैं व्यापारीहरु पनि ६ महिनासम्म पुग्ने उपभोग्य सामाग्री रहेको बताउँछन् । सरकारले आश्वास्त तुल्याउन खोजेपनि व्यापारीहरुले का’लो बजारी गरेकाले सर्वसाधरण ढुक्क भएका छैनन । सरकारी अनुगमन निकायको संयन्त्र कमजोरी, सिमित व्यापारीको नियत खराबले गर्दा बजार खल्बलिएको छ । त्यसैको चेपुवामा सर्वसाधरण परेका छन् ।

प्रतिक्रिया दिनुहोस्