विद्यार्थीलाई हात चि’र्न लगाउने शिक्षिका प्रहरी नियन्त्रणमा

काठमाडौं, २४ फागुन । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थी लाई हात चि’र्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चि’र्न लगाउने काठमाडौं जडिबुटी स्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई शनिबार प्रहरीले नि’यन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरीले परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चि’रेर या’तना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्वरले शिक्षिका कर्मचार्यलाई नि’यन्त्रणमा लिएको पुष्टि गर्नुभयो । एसएसपी सुवेदीले भन्नुभयो, ‘आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै नि’यन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरी उनी वि’रुद्ध अ’भद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेका छौं ।’

उक्त एकेडेमीले शिक्षिका कर्मचार्यलाई जागिरबाट ब’र्खास्त गरिसकेको भन्दै विज्ञप्ती निकालि सकेको छ । प्रिन्सिपल राजन कुमार श्रेष्ठले उनलाई शुक्रबार देखि लागू हुने गरी ब’र्खास्त गरेको बताउनु भयो । भक्तपुर घर भएकी उनले विगत १० वर्षदेखि सो स्कुलमा कक्षा ६ का विद्यार्थीहरुलाई सामाजिक विषय पढाउँदै आएकी थिइन् ।

२० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्मचार्यको द’बाबपछि हात चि’रेका थिए । राम्रो नम्बर नल्या’उनेको हात चि’रिदिने भन्दै उनले परीक्षा कै समयमा ध’म्की दिएकी थिइन् । जति कम न’म्बर आएको छ त्यति धेरै हातमा चि’रा पा’रिएको छ ।

प्रतिक्रिया दिनुहोस्