कोरोनको चपेटोमा परेको चीनमा घ’ट्यो अर्को दुखद घ’टना, विश्व नै स्त’ब्ध

काठमाडौं । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भ’त्किँदा ४ जनाको ज्या’न गएकाे छ। क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो। चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो । अझै भ’ग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए। तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उ’द्धार प्रयास भइ रहेको जनाइएको छ । फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ ।

सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन । हेबेई प्रान्तको वुहान उद्गम भएर फै’लिएको कोरोना भा’इरसबाट चीन सबैभन्दा प्रभावित छ। विश्वभर म’हामारीका रुपमा फैलिएको कोरोना भाइरसको सं’क्रमणबाट आइतबार बिहान सम्ममा ज्या’न गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ ।

संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि सं’क्रमण दर भने घ’टेको पाइएको छ। कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना स्वस्थ भएर घर फर्किएका छन्। संक्रमित मध्ये ६ हजार ३५ जनाको अव स्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्