६ वटा देशबाट नेपाल भित्रिने यात्रुका लागि कोरोना भाइरस संक्रमित नभएको प्रमाणपत्र आवश्यक

काठमाडौँ, २५ फागुन । सरकारले आजदेखि ६ वटा देशबाट नेपाल भित्रिने यात्रुका लागि कोरोना भाइरस सं’क्रमित नभएको प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समय सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका चीन, जापान दक्षिण कोरिया, इटाली, इरानबाट आउने सबैले अनिवार्य कोरोना नेगेटिभ भएको स्वास्थ्य रिपोर्ट देखाउनैे पर्ने भएको हो ।

भाइरस अति प्रभावित देश हुँदै नेपाल भित्रिने जुनसुकै देशका नागरिकले नेपाल प्रवेश गर्नुपूर्व आफूमा कोरोना भाइरस नभएको स्वास्थ्यको रिपोर्ट देखाउनुपर्ने नियम सरकारले लागू गरेको हो। शनिबार मूख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिव तथा सहसचिवहरुको बैठकले कोरोना भित्रिन नदिन थप कडाई गर्ने निर्णय गरेको हो ।

यस्तै, भारतसँग सीमा जोडिएका तराईका ६ मूख्य नाका र अन्य ३१ सहायक नाकामा राखिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाइने भएको छ । यस्तै ठूला अस्पताललाई सम्भावित जोखिम र कोरोना संक्रमितको उपचारका लागि अझै अलर्ट रहन निर्देशन दिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्