कोरोनाको त्रा’सपछि चीनमा अपनाइयो अ’नौठो कपाल का’ट्ने तरिका

काठमाडौं, २५ फागुन । चीनमा कोरोना भाइरसबाट ८० हजारभन्दा बढी संक्रमित छन् भने ३ हजार बढीको मृ’त्यु भएको छ । कोरोनाबाट बच्नका लागि मानिसहरुले विभिन्न तरिका अप्नाइ रहेका छन् । पछिल्लो समय चीनमा हेयर ड्रेसरका केही तस्वीर र भिडियो सार्वजनिक भएका छन् । जसमा कपाल का’ट्ने अनौठो तरिका देख्न सकिन्छ ।

उनीहरुले ४ फिट टाढाबाट कपाल काटिरहेको देख्न सकिन्छ । चीनको हुनान प्रान्तका सैलुनमा हेयर ड्रेसरहरुले कपाल का’ट्ने र स्टाइलिङको काम टाढाबाट गरिरहेका छन्। उनीहरु लामा लामा ड’ण्डामा आफ्ना कैंची, ट्रिमर, काइँयो आदि बाँधेर कपाल का’टि रहेका छन् । हुनानमा मात्र नभइ सिचुआन प्रान्तको लुझोउमा पनि यस्तै तरिका अपनाइएको छ ।

यसलाई चीनका मानिसहरु लंग डिस्टेन्स हेयर कटिङ भन्न थालेका छन्। लुझोउका हेयर स्टाइलिस्ट हे बिंगका अनुसार क्वारेन्टाइन लगभग सकिएर मानिसहरु बाहिर निस्किन लागेका बेला आफूहरुले पनि स’तर्कता अपनाउनु परेकोले यस्तो गरिएको हो। यसरी टाढा बाट कपाल का’टिएका भिडियोहरु अहिले भा’इरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्