नेपाल सहित १४ देशका नागरिकलाई कतार प्र’वेशमा रो’क

काठमाण्डौ : कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्र’वेशमा अस्था’यी रो’क लगाएको छ । कोरोना भाइरसको स’ङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रो’क लगाएको हो । कतारमा अहिले सम्म १५ जनामा कोरोनाकाे स’ङ्क्रमण पुष्टि भएको छ ।

कतारी सरकारले सूचना जारी गर्दै नेपाल सहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्र’वेशमा रो’क लगाउने निर्णय गरेको जनाएको छ। कतार मा चार लाख भन्दा धेरै नेपाली छन् ।

कतारमा झन्डै सयभन्दा बढी मुलुकका कामदार छन् ।गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फै’लिइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) नि’यन्त्रण तथा रो’कथामका लागि भन्दै नेपाल सहित १४ देशका यात्रु माथि कतारले अस्थायी रुपमा प्र’वेशमा रो’क लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्