कोरोनाका कारण स्कुल-कलेज ब’न्द गर्ने कतारको घोषणा

दोहा : कोरोना भाइरस संक्रमणको त्रासका कारण कतारले देशव्यापी रुपमा स्कुल र विश्वविद्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ति निकाल्दै यही मार्च १० देखि नै लागु हुने गरी यस्तो घोषणा गरेको हो । अर्को सूचना जारी नभएसम्म यो घोषणा लागु हुने पनि सरकारले जनाएको छ ।गल्फ मुलुकमा संक्रमितको संख्या १५ पुगिसकेको अवस्थामा कतारले विभिन्न १४ देशका यात्रुलाई प्रवेश निषेध गरेको छ ।

त्यस्तै कतारमा आज थप तीन जनामा कोरोना भाइरस देखिएको छ । आज भाइरस देखिएको व्यक्तिहरु हिजो भाइरस देखिएका बिरामी बाट सं’क्रमित आप्रवासी कामदार रहेका छन् । भाइरस देखिएका बिरामीलाई आइसो लेशन वार्डमा तथा संगै कोठामा बस्ने र बिरामी संग घुलमिल भएका एक सय भन्दा बढीलाई क्वारेन्टाइन राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यसअघिका बिरामीहरु सबै इरान बाट फिर्ता ल्याईएका मध्यका मात्र थिए । संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले भनेको छ ।यो संगै कतारमा भा’इरस सं’क्रमितको संख्या १८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

एक हाइपरमार्केट बाट हिजो देखि भाइरस संक्रमित बिरामीहरु भेटिएका हुन् । संक्रमित हुने नागरिकहरु कुन देशका भन्ने बारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । यद्यपि कडा निगरानीका साथ बिरामीलाई उपचार तथा अन्यलाई क्वारेन्टाइनमा राखिएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना न्यून रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्