दु’खद खबर: यूएईमा दुई नेपालीमा कोरोना भाइरसको सं’क्रमण देखियो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअ नुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् ।

यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।यद्यपि उनीहरु मध्ये १२ जना निको भएर घर फर्किएका छन् । पाँच जना सोमबार मात्र घर फर्किएका थिए त्यस्तै साउदी अरेबियाले पनि ९ देशमा आवतजावतमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदीले आजै (सोमबार)देखि लागू हुने गरी यस्तो निर्णय गरेको गरेको गल्फ न्युजले जनाएको छ।

प्रतिबन्ध लगाइएका देशमा यूएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेबनान, इटाली, दक्षिण कोरिया र सिरिया छन् । आइतबार नै साउदीले त्यहाँका विद्यालय तथा कलेज ब’न्द गर्ने निर्णय गरेको थियो। त्यहाँका शिक्षा मन्त्री हमाद अल शेखले कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर थप निर्णय गर्दै जाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्