खाना छोड्दैमा भुँडी घट्दैन

काठमाडौ — आफ्नो पित्तले भुँडी बाट हैरान भएका व्यक्तिहरू त्यो सुहाउँ दिला आकारमा आओस् भनेर अनेक उपाय अपनाउने गर्छन् । धेरैजसोको एउटै फर्मुला हुन्छ– भात नखाने वा अरू खाना पनि निकै कम खाने । नयाँ अनुसन्धानको दाबीअनुसार, स्लिम देखिने चक्करमा खाना छोड्दा उल्टो प्रतिफल आउन सक्छ ।

भुँडी घट्ने होइन, झन् बढ्न सक्छ । यो अनुसन्धान जर्नल अफ न्युट्रिसन बायोकेमिस्ट्रीको अनलाइन संस्करणमा प्रकाशित छ। एक छाक नखाएर अर्को छाकमा त्यसको भर्पाई गर्न खोज्नु भन्दा दिनभर अलिअलि खाने गर्दा चाहिँ भुँडी घटाउन मदत मिल्छ ।अध्ययन अनुसार, क्यालोरी घटाउन भोजन छोड्ने कामले शरीरलाई ग्लुकोज र इन्सुलिनको ठूलो उतार चढावका लागि तयार गर्छ र यसले तौल कम हुनुको सट्टा बोसो झन् एकत्रित हुन सक्छ ।

भुँडी लाग्नुका धेरै कारण हुन्छन् । जस्तै कि शारीरिक गतिविधिको कमी, त्रुटीपूर्ण खानपान, कम निद्रा आदि । व्यस्त दैनिकका कारण धेरै मानिसहरु जिम जान सक्दैनन्। घरमै व्यायाम गर्न पनि खल्छि गर्छन् । यसले गर्दा पनि भुडीमा बोसो थपिँदै जान्छ । कैयन व्यक्तिहरुको शरीर स्लिम भएर पनि भुँडी ठूलो हुन्छ । स्वभाविक भन्दा ठूलो भुँडीले ज्यानलाई भद्दा देखाउँछ । भद्दा मात्र देखाउने होइन, रोगलाई समेत निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस्