अमेरिकी मोडलमा सातै प्रदेशमा गाँ’जा खेती गर्न दिने तयारीमा सरकार

काठमाडौं : संसद्मा गाँ’जा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ । निश्चित स्थान र प्रयोजनका लागि अनुगमन सहित कानुन निर्माण गरेर गाँ’जा खेती गर्न दिन सरकार सकारात्मक रहेको बताइएको छ। अमेरिकी मोडलमा गाँ’जा खेती गर्न दिने तयारी सरकारको छ।

टपेन्द्र कार्कीले नागरिक दैनिकमा यो समाचार लेखेका छन् । युनाइटेड नेसनल अफिस अन ड्र’ग एन्ड क्राइम (युएन ओडिसी) ले गाँ’जा खेती प्र’तिबन्ध खुला गर्नेकि नगर्ने भन्ने विषयमा नेपालको धारणा मागेपछि निश्चित स्थान र प्रयोजनका लागि गाँ’जा खुला गर्ने पक्षमा सरकार रहेको जानकारी गराइएको छ। फागुन १५ गते गृह मन्त्रालयमा गाँ’जा खेतीलाई वैधता दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो।

छलफलमा नेपाल औ’षधि व्यवस्था लिमिटेडका प्रतिनिधि, सिंहदरबार वैद्यखानाका प्रतिनिधि, औ’षधि व्यवसायी संघका प्रतिनिधि, नेपाल प्रहरी, अर्थ मन्त्रालयका प्रति निधिले गाँ’जालाई निश्चित स्थान र प्रयोजन तोकेर खेती गर्न खुला गर्नु पर्ने सुझाव दिएका थिए । सोही सुझाव अनुसार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले युएनओडिसी अन्तर्गत नार्कोटिक ड्रग्सको अस्ट्रियाको भियनामा भएको सम्मेलनमा भाग लिई गाँ’जा खेती खुला गर्ने पक्षमा सरकार रहेको बताएका थिए।

मन्त्रालय स्रोतका अनुसार गाँ’जा खेती खुलाउन सबै प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ। मन्त्रालयले अमेरिकी मोडलमा गाँ’जा खेती गर्न दिनेगरी तयारी थालेको हो। अमेरिकाको संघीय कानुनले गाँ’जा खेती नि’षेध गरे पनि राज्यस्तरको कानुनले सर्तसहित खुला गरेको छ।

प्रतिक्रिया दिनुहोस्