युएइमा रहेका २ नेपालीमा देखियो कोरोना

काठमाडौं, २६ फागुन । संयुक्त अरब इमिरेट्स (युइई)मा दुई नेपालीका कोरोना भाइरसको संक्रमण भएको छ । यूएईमा नेपाली बाहेक अन्य मुलुकका १२ जनामा पनि कोरोना भाइरसको संक्रमण भएको छ । परिक्षणको क्रममा जम्मा १४ जनामा कोरोना नयाँ कोरोना भाइरसको संक्रमण भएको युइईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा २ नेपाली, तीन इटली, दुई बंगलादेशी त्यसै गरी रुस, सिरिया र भारतका एकएक जनामा कोरोना भाइरसको संक्रमण देखा परेको बताइएको छ । जसमा केही स्वस्थ भएर फर्किएको बताइएको छ । युएई स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनु सार २ नेपालीसहित १४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

युएईमा कोरोना संक्रमितहरुको संख्या ५९ पुगेको छ । नयाँ सं’क्रमितहरुमा ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली नागरिक छन्। युएइस्थित त्यहाँको स्वास्थ्य मन्त्रा लयले सोमबार सार्वजनिक गरेको रिर्पाेटमा त्यस्तो देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्