बारको गोप्य वैठकमा ऋषि धमला घुसेर ‘लाइभ’ गर्न थालेपछी…

काठमाडौं : चर्चित पत्रकार ऋषि धमला मंगलबार दिउसो हस्याङ फस्याङ गर्दै सर्वोच्च अदालतको एउटा वैठक हल भित्र पसे । त्यहाँ भइरहेको थियो, नेपाल बार एसोसिएसनको वैठक । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरु गोप्य छलफल गरिरहेका थिए । क्यामरा सहित धमला स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै हलभित्र पसेर लाइभ गर्न थालिहाले ।

छलफलमा व्यस्त अधिवक्ताहरु माझ एकछिन स’न्नाटा छायो । धमला भन्न थाले, ‘यहाँ बारको वैठक चलिरहेको छ, र हामी प्रत्यक्ष प्रशारणमा छौं । किनभने देशको ध्यान अहिले बारतिर छ ।’ कार्यक्रमका सहभागीहरु ट्वाँ परेर उनलाई हेरि रहेका थिए । धमला मञ्चमा बसेका बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीतर्फ लम्किए । ‘देशका भिष्मपितामह’ भन्दै माइक तेस्र्याएर उनले भण्डारीलाई प्रश्न गरे, ‘वरिष्ठ अधिवक्ताज्यू तपाईंलाई के लाग्छ ?’

भण्डारी जवाफ दिन थाले, ‘हामीले कम्मर कस्नुपर्छ…’ तर भण्डारीले बोल्दा बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हस्तक्षेप गरे । उनले धमलाको माइक नै समातेर उनलाई त्यहाँ बाट निस्कन आदेश दिए । धमलाले कुनै प्रति वाद गर्न सकेनन् । उनी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै बाहिर निस्किए । ढोका बाहेर पनि उनले एकाध अधिवक्तालाई तानेर ‘बाइट’ लिन खोजे । तर, त्यसमा पनि सफल भएनन् ।

प्रतिक्रिया दिनुहोस्