बाटोमा खाल्डा देखेपछि आक्रोशित सिडिओले भने- प’क्राउ पुर्जी जारी गर्छु

विराटनगर – मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारलाई प’क्रा उ पुर्जी का’ट्ने चेतावनी दिएका छन् । अलपत्र अवस्थामा छोडेका तथा बाढी पहिरोका कारण क्ष’ति पुगेका योजनाको अनुगमनका क्रममा निस्किएका सिडिओ दाहाले उक्त चेतावनी दिएका हुन् । उनले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोन मार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु’, उनले भने, ‘समयमा काम नसक्ने ठेके दारलाई प’क्रा उ पुर्जी जारी गरेर कानुन अनुसार अगाडि बढ्छु ।’ केही दिन अघि आएको बाढी पहिरोका कारण कटान गरेर जोखिम बढेपछि विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुलको उनले अनुगमन गरेका थिए ।

पुलको पिलरमा बातिले असर पुर्‍याएको तथा खाल्डा खुल्डी धेरै परेको सूचना पाउन साथ दाहाल प्राविधिक इन्जिनियरको टोलीसहित निरीक्षणमा पुगेका थिए । हुलाकी सडक परियोजना अन्तर्गत पर्ने उक्त पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालय विराट नगरलाई कटान गरेको क्षेत्रबाट नै प्रजिअ दाहालले टेलिफोन मार्फत निर्देशन दिएका थिए । औधोगिक क्षेत्र भएकाले पिलरको काम दिउँसो र माथि ढलानको काम राति गर्नसमेत उनको निर्देशन छ ।

यस्तै बुधबार ६ लेन सडकको अनुगमन गरेका छन् । बरगाछि चोकमा सडक अलपत्र अवस्थामा देखेपछि आक्रोशित बनेका सिडिओ दाहालले स्थानीयलाई निवेदन दिन आग्रह गरेका थिए । उनी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई लिएर अनु गमनमा गएका थिए । बगरगाछि र दुहबी खन्डामा समस्या देखिएको ६ लेन आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए ।

उक्त सडकअन्तर्गत सुनसरीको दुहबीमा भने अहिलेसम्म ठेक्का लागेको छैन। मोरङ खन्डामा वरगाछिदेखि ७५ मिटर सडक बनाउने जिम्मा कन्चन जगा पिए सी जेभरि कन्स्ट्रक्सनले पाएको थियो। ठेक्कामार्फत कन्स्ट्रक्सनले जिम्मा लिएको हो । अधुरो रहेको सडक निर्माणको काम सक्न पटक-पटक ताकेता गरे पनि जिम्मा लिएको कन्स्ट्रक्सने अटेरी गरेको इन्जिनियर दासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्