पेट्रोलियम पदार्थको मूल्यमा गिरावट, खाडी मुलुकमा राेजगारी संकटमा

काठमाडाैँ, २७ फागुन । पश्चिम एसियाका मुलुकहरू यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावटको चुनौती सामना गरिरहेका छन् । नेपाली कामदारको प्रमुख गन्तव्य ती राष्ट्रहरूले तेलको मूल्यमा लगातार गि’रावट आएमा नेपालीलाई प्रत्यक्ष असर पर्नेछ। किनकि वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली कामदार तिनै मुलुकमा छन्।

कच्चा तेलको भाउ सोमबार २०४७ मा भएको खाडी यु’द्ध यताकै अवस्थामा खस्किएको छ । रूस र साउदी अरेबियाले तेलको मूल्य घटाउने होडबाजी चलाएपछि गिरावट आएको हो । कोरोना भाइरसको म’हामारी विश्व व्यापी बन्दै जाँदा आर्थिक गतिविधि सुस्ताए काले तेलको मागमा कमी आएको छ। माग घटेपछि तेल निर्यातक देशहरूको संगठन ‘ओपेक’ ले उत्पादन कटौती गरेर मूल्य पुरानै स्तरमा राख्ने प्रयास गरे।

तर शक्ति राष्ट्रहरूको भूराजनीतिक सं’घर्षले त्यसलाई टिकाउन सकेन र तेलको भाउ अ’स्वाभाविक घटेको छ । यसबाट तेल निर्यातक राष्ट्रहरूको अर्थतन्त्रलाई ठूलो धक्का पुग्ने आँकलन गरिएको छ । तेलको मूल्यमा गि’रावट आए लगत्तै संसार भर सेयर बजारमा आरालो लागेको छ। युरोप, अमेरिका, जापान, चीन, भारतजस्ता ठूला अर्थतन्त्रका सेयर बजार सोमबार तीव्र दरमा खस्किएका छन्।

अमेरिकी बजारमा सरकारी ऋ’णपत्रको प्रतिफल दर अहिले सम्मकै कम भएको छ। संसार भर नयाँ आर्थिक मन्दीको त्रास मडारिएको छ । अन्तर्राष्ट्रिय वित्तीय एवम् वस्तु बजारमा देखिएको तीव्र गिरावटले मानिसहरू यसअघिका थुप्रै क्षेत्रीय एवम् विश्व आर्थिक संक टको समयभन्दा ज्यादा त्रसित छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्