कतार हिँडेका ४० नेपाली कामदार भए फि’र्ता

काठमाडौं : नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रूपमा रहेको कतारले नेपालीहरूलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन्। कामका लागि कतार हिँडेका उनीहरूलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अ’स्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिए।

शर्माले भने, ‘मसहित ४० जना हाराहारीमा रहेका कामदारलाई कतार एयरवेजलेनै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो।’ यो खबर आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन्। सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फि’र्ता पठाएको भए पनि दोहा ट्रा’न्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ।

हरेक दिन तीनवटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले नै नेपालीसहित १४ देशका नागरिक माथिको यात्रा प्र’तिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना छ । कतारले नेपालीहरूलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फि’र्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्