मन्त्रीकै टेबलमा लेबल बिनाको पानी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रति वेदनमा टेकेर अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार स्थानीय तहको भ्र’ष्टाचार अ’राजक ढंगले वृद्धि हुँदै गएको छ । आम उप भोक्तालाई गुण स्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न बजारलाई स्वच्छ र अनुशासित बनाउने जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकै टेबलमा लेबल उल्लेख नभएको खानेपानीको बोतल फेला परेको अर्को खबर पनि अन्नपूर्णको भित्री पृष्ठमा पढ्न सकिन्छ ।

उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने उक्त मन्त्रालयका विभागीय मन्त्री लेखराज भट्ट र सचिवद्वय वैकुण्ठ अर्याल तथा यामकुमारी खतिवडाको टेबलमा लेबल उल्लेख नभएको पानी फेला परेको हो । यस्तो भेटिएपछि उत्पादक कम्पनी अक्वा मिनरल्स नेपाल प्राइभेट लिमिटेडलाई कारबाही गरिएको छ । बोतलमा लेबल उल्लेख नभएको फेला परेपछि मन्त्री भट्ट र सचिव अर्यालको विशेष निर्देशनमा पानी उत्पादन गर्ने उद्योगलाई एक लाख जरिवाना गराइएको समाचारमा उल्लेख छ ।

मन्त्रालयकै अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार उक्त पानी उद्योगबाट आर्थिक जरि’वाना गराएको हो । विभागका अनुगमन अधिकृत दीपक पोखरेलका अनुसार अक्वा मिनरल्स नेपालको ‘अक्वा हन्ड्रेड’ ब्रान्डको पाँच सय एमएलको पानीको बोतलमा उपभोक्ता मूल्य र कारखाना गेटमा उत्पादित वस्तुको मूल्यसूची नराखेको अभियोगमा एक लाख जरिवाना गराइएको हो।

यसबाहेक बोतलमा लेबल (उत्पादन मिति, उपभोग्य मिति र ब्याच नम्बर) उल्लेख नभएको अभियोगमा थप कारबाही गर्न गृहकार्य सुरु गरिएको पोखरेलले बताए। ‘पानीको बोतल र कारखाना गेटमा मूल्यसूची नराखेको अभियोगमा एक लाख जरिवाना गरेका छौ’ पोखरेलले भने, ‘लेबल उल्लेख नभएको विषयमा थप कारबाही प्रक्रिया अगाडि बढाएका छौं।’ विभागको अनुगमन टोली बालाजु औद्योगिक क्षेत्रभित्र अक्वा मिनरल्स नेपालको कारखानामा सोमबार पुगेर ज’रिवाना गराएको हो।

प्रतिक्रिया दिनुहोस्