मेस्सी पुन: बार्सिलोना फर्किने !

काठमाडौं।पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लिओनल मेस्सीले बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् ।केही महिना अघि मात्रै बार्सिलोना छाडेर पीएसजी गएका उनले प्राविधिक सचिवको रुपमा पुन फर्किने इच्छा जायर गरेका हुन्।

उनले एक कुराकानीमा भनेका छन्, ‘बार्सिलोनालाई म मायाँ गर्छु। उनीहरुलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहन्छु।’ उनले बार्सिलोनालाई जसरी पनि मद्दत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बार्सिलोना गएर क्लबको व्यव स्थापन टिममा रहने चाहना छ। ‘मैले सधैं पनि भनेको थिएँ । म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु।’

यो पनि, भारतमाथि न्युजिल्याण्डको सानदार जित : आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पहिलो जित निकालेको छ । दुबईमा आइतबार भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो जित निकालेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले ४९ रनको योगदान दिए ।

कप्तान केन विलियम्सनले अ’विजित ३३ रन बनाए । ओपनर मार्टिन गुप्टिल ३३ रनमा आउट भए । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । भारतका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले सबिजित रहदै सर्वाधिक २६ रन बनाए । यस्तै हार्दिक पाड्याले २३ रन बनाउँदा केएल राहुलले १८ रन तथा रोहित शर्माले १४ रनको योगदान गरे ।

ऋषव पन्तले १२ रन जोड्दा कप्तान विराट कोहली ९ रनमा आउट भए । भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिए । यस्तै इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १/१ विकेट लिए । यस जित सँगै समूह २ को न्युजिल्याण्डले २ खेलमा २ अंक जोडेको छ । न्युजिल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ। पहिलो खेलमा न्युजिल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो । भारतको यो लगातार दोस्रो हार हो । अंक विहीन रहदै भारत समूहको पाँचौं स्थानमा रहेको छ । पहिलो खेलमा भारत पनि पाकिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्