प्रमुख रोजगार गन्तव्य कतार जान रो’क, नेपाललाई ठूलो अ’सर

काठमाडौँ । नेपालको प्रमुख रोजगार गन्तव्य मानिएको कतार प्रवेशमा नेपालीलाई रो’क लगाएको छ । कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कतार नेपालीको प्रमुख रोजगार गन्तव्य भएकोले पनि नेपाल लाई यसले ठूलो धक्का दिने जानकारहरु बताउँछन् । तर उसले कोरोना भा’इरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रो’क लगाइएको छ ।

सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाली दूताबासले अत्यावश्यक बाहेक भेटघाट र भौतिक सम्पर्क नराख्न तथा इमेल वा टेलिफोनबाट स’म्पर्क गर्न आग्रह गरेको छ। उता कतारमै रहेका नेपालीलाई पनि बडो सतर्कता अपनाउन भनिएको छ । एक ठाउँमा मात्र नभएर धेरै ठाउँमा काम गरिरहेका नेपालीलाई त्यहीँ पनि समस्या भएको बताइएको छ ।

निर्वाध रुपमा एक ठाउँबाट अर्काे ठाउँमा जान त्यहाँ समस्या भएको बताइएको छ । दूताबासबाट कुनै सेजाबारे जानकारी लिनु परे फोन वा इमेलबाट सम्पर्क गर्न भनेको छ। हालसम्म कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । उता युएइमा भने एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।

राष्ट्र बैंकको एउटा प्रतिवेदनमा पछिल्ला १२ वर्षमा नेपालले भित्राएको रेमिट्यान्सको ७२.६ प्रतिशत रकम खाडी क्षेत्रका यूएई, साउदी अरेबिया, कतार र कुवेत बाट प्राप्त भएको उल्लेख छ । मुलुकको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) को २५ प्रतिशत भन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने स्रोतमा आर्थिक समस्या पर्दा नेपाली अर्थतन्त्र पनि जोखिममा पर्ने अर्थशास्त्रीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्