चिनियाँ राष्ट्रपति सी चिन फिङ पुगे कोरोनाको उदगम स्थल वुहानमा

एजेन्सी: चिनियाँ राष्ट्रपति सी चिन फिङ कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको वुहान सहर पुगेका छन्। पिपुल्स डेलीका अनुसार राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेका हुन्। उनले त्यहाँ कोरोना वि’रूद्ध ल’डिरहेका स्वास्थ्यकर्मी पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक कार्यकर्ता लगायतसँग छलफल गर्ने कार्यक्रम छ। वुहानमा डिसेम्बर तेस्रो सातादेखि कोरोना भाइरस देखिन थालेको हो।

कोरोना भाइरस वि’रूद्ध राष्ट्रपति सीले जनयु’द्धनै घोषणा गरेका थिए। कोरोना फै’लिएपछि उनी पहिलो पटक मंगलबार वुहान पुगेका हुन्। कोरोना भाइरसको ठूलो सं’कट व्यहोरेको चीनले पछिल्ला दिनमा भा’इरस नियन्त्रणमा ठूलो सफलता पाएको छ। सोमबार चीन जम्मा १९ जनामा मात्र कोरोना भाइरसको नयाँ सं’क्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

१९ मध्ये पनि १७ जनालाई मात्र चीन भित्र संक्रमण भएको बताइएको छ। दुई जना चिनियाँ नागरिक विदेशबाट फर्किदा सं’क्रमित भएर आएका थिए। चीन भित्र संक्रमित भएका १७ जना सबै कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको राजधानी वुहान सहरका नागरिक हुन्। लगातार तेस्रो दिन चीनमा वुहान सहर बाहिर कसैलाई कोरोना भाइरस सं’क्रमण भएको छैन।

एक महिना अघिसम्म चीनमा कोरोनाको सं’क्रमण दर दिन दुई गुणा रात चौगुणा बढिरहेको थियो। करिब एक महिना अघि फेब्रुअरी ४ मा एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ सं’क्रमित भेटिएका थिए। यसरी एक महिना भित्रै चीनले कोरोना भाइरसको सं’क्र मणलाई नि’यन्त्रणमा लिन ठूलो सफलता प्राप्त गरेको हो।

जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो। सहर बन्द गरिए पनि सं’क्रमणको दर वुहान बाहिर पनि बढेको थियो । कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय ३६ जनाले ज्या’न गु’माएका छन् भने ८० हजार ३ सय ९४ जना बि’रामी भएका छन्।

प्रतिक्रिया दिनुहोस्