राजेश हमालले गाए गीत, रेश्मासँग नाचे छमछमी (भिडियो सहित)

काठमाडौं : महा नायक राजेश हमालले गीत गाएका छन् । तीन दशक लामो फिल्म अभिनयको करिअर पछि हमालले पहिलो पटक गीत गाएका हुन् । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मन बुढो भएन’ बोलको गीतको भिडिओ रिलीज गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

गीतमा हमालको साथमा गायक सुवास पुरी तथा गायिका द्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडिओमा हमाल सँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् । केहि फिल्महरुका गीतमा आवाज दिएको भएता पनि सुरमा रहेर गाएको यो नै पहिलो भएको हमालले बताए ।

संगीतकार दीपक शर्माले दिएको हौसलाले आफुले यो गीत गाउन सफल रहेको उनको जिकिर थियो । कार्य क्रममा हमालले आफ्नो स्कुले जीवनमा गाउने गीत सम्झना गरे । ‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे । मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे ।

तर त्यसपछि के कारणले हो गीत गाउनै सकिएन’, उनले बताए। कुनै संगीतकारले बिश्वास गरे आफुले अन्य गीत गाउन तयार रहेको पनि उनले बताए। गीतको शिर्षक सम्बन्धित प्रश्नमा हमालले आफुलाई जिस्क्याउने गीत बनेको बताए । संगीतकार दीपक शर्माले राजेश हमालको स्वरबाट आफु प्रसन्न रहेको बताए । हमालसँग काम गर्न पाउनु अवसर र चुनौती दुवै रहेको उनले बताए । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्