कोरोना भाईरस : चीनबाट आयो खुसीको खबर !

एजेन्सी : कोरोना भाइरस (कोभिड(१९) को संक्रमणले चपेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ। विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ । केही हप्ता अघिसम्म एकै दिनमा हजारौंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झरेको छ ।

केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ सं’क्रमितको संख्या एकदम न्यून छ । वुहान लकडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दै गएको छ। चीन आ’कस्मिक र कठिन युद्ध बनेको कोभिड–१९ माथि विजय निकट पुगेको छ ।

जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई लकडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आ’कस्मिक स्वास्थ्य संकट घोषणा गर्दै पहिलो स्तरको चे’तावनी संकेत जारी गरेको थियो। हाल अधिकांश सहर र प्रान्तले सो स्तरलाई दोस्रो र तेस्रो स्तरमा झारिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमासमेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट बन्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

महामारीले उ’ग्र रूप लिएको बेला वुहानमा रातारात हजार शै’य्याका दुई अस्पताल समेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा खटेका स्वास्थ्यकर्मी तथा बिरामी सबैलाई हौस्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्