बेलायतकी स्वास्थ्यमन्त्री डोरिसलाई कोरोना भाइरसकाे सं’क्रमण

एजेन्सी, २८ फागुन । बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड १९) संक्रमण भएको बेलायती समाचार संस्था युके डेलिमेलले जनाएको छ। गत शुक्रवार अ’चानक बिरामी परेकी डोरिसलाई कोरोना संक्रमण भेटिएपछि हाल उनी चिकित्सकको परामर्श सहित ‘आइसोलेसन’मा रहेकी छिन् ।

६२ वर्षीया डोरिसले एक विज्ञप्ति जारी गर्दै आफूसँग नजिक र प्रत्यक्ष स’म्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि उल्लेख गरेकी छिन्। यद्यपि उनले आफुसँगै रहेकी ८४ बर्षीया आमालाई पनि कोरोना सं’क्रमण त भएको छैन भन्ने चिन्तामा रहेको उल्लेख गरेकी छिन् । किनकि उनको आमालाई गत मंगलवार देखि रुघाखोकी शुरु भएको छ । मन्त्री डोरिसले नर्सबाटै आफ्नो पेशागत जीवन शुरु गरेकी थिइन्।

शुक्रबार बि’रामी पर्नु अघि सम्म डोरिस संसदको विभिन्न बैठकमा सहभागी रहेकी थिइन् । साथै उनले बेडफोर्डशायर निर्वाचन क्षेत्रमा बिरामीको श’ल्यक्रिया समेत गरेकी थिइन् । त्यस कारण पनि उनी बिरामी पर्नु अघि प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा समेत कोरोना भएको आशंका गर्दै स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको छ ।

तीन छोरीकी आमा रहेकी श्रीमती डोरिसले भनिन् -‘ मेराे स्वास्थ्य परीक्षणमा काेराेना पाेजेटिभ भेटियाे। मलाई सूचित भए पछि मैले सबै सल्लाह दिएका सा’वधानीहरू अपनाउँदै घरमा अलग बसेकाे छु।’ बेलायतमा कोरोना सं’क्रमणका कारण हालसम्म ६ जनाको ज्यान गइसकेको छ भने ३८२ जनामा सं’क्रमण भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्