१५ सय ता’लिबानी कै’दी रिहा गर्न अफगान राष्ट्रपति घानीले दिए स्वीकृति

काठमाण्डाै : अफ’गानि’स्तानका राष्ट्रपति अशरफ घानीले वि’द्रोही १५ सय जना ता’लिबानी कै’दीलाई रि’हा गर्न स्वीकृति दिएका छन् । अशरफ घानीले स्वीकृति दिएसँगै रि’हा हुन लागेका कै’दीहरुले १५ दिनभित्र अब कुनै पनि यु’द्धमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाउनु पर्ने भएको छ । ता’लिबानले आफ्नो नि’यन्त्रणमा रहेका एक हजार सरकारी व्यक्ति रि’हा गर्न सहमति जनाइसकेको छ ।

अमेरिका र ता’लिवान बीच भएको शान्ति सम्झौतामा अफगान सरकारले वि’द्रोही कै’दी र ता’लिबानले आफ्नो निय’न्त्रणमा रहेका सरकारी व्यक्ति छा’ड्ने सहमति पनि भएकाे थियो । सुरुमा अफगान राष्ट्रपति घानीले वि’द्रोही कै’दी नछा’ड्ने बताएको भए पनि दोस्राे कार्यकालका लागि सपथ लिएपछि कैदी छाड्न सहमति जनाएका हुन् ।

सम्झौता अनुसार अमेरिकाले मङ्गलबार देखि नै आफ्ना सैनिका फिर्ता लैजाने काम सुरु गरेको छ । अ’फगान सरकार र ता’लिबान बीच कै’दी ब’न्दी रि’हाइको लागि निरन्तर वार्ता हुने र वार्तामा प्रगति भएमा हरेक दुई हप्तामा पाँच सयलाई रि’हा गर्ने अफगान सरकारले जनाएको छ । पछिल्ला प्रगतिहरुले अ’फगा’निस्तानमा लामो समय चलेको यु’द्ध शान्तिमा परिणत हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्