चीनको ताक्लाकोटमा ठूलो संख्यामा नेपाली अलपत्र, उद्धारका लागि अपील

हुम्ला, २८ फागुन । हुम्लाबाट कामका लागि सीमापारी चीनको ताक्लाकोट पुगेका करिब डेढ सय नेपाली मंसिरबाट भएको हिम पातका कारण नाका बन्द भएपछि ताक्लाकोट मै अलपत्र परेका छन् । उ’द्धारका लागि निवेदन सहित अपील गरेका भएपनि नेपाल सरकारले बेवास्ता गरेको उनीहरुले गुनासो छ । यसरी अलपत्र पर्नेमा १ जना बझाङ्गका, एक जना दार्चुलाका र १४६ जना हुम्लाका गरी १४८ जना रहेका छन् ।

पछिल्लोे समय चीनबाट कोरोना फैलिएपछि उनीहरूले उद्धारका लागि पहल गरिदिन कैलाश ब्यापार संघमार्फत जिल्ला प्रशासन कार्यालय हुम्लामा फागुन १८ गते नै पत्र पठाएका थिए । उद्धारका लागि अपील गर्नेहरुमा बाल बालिका र गर्भवती महिलाहरुको संख्या पनि बढी छ । पहिला हिमपातका कारण बन्द रहेका हिल्सा नाका पछिल्लो समयमा कोरोना संक्रमणकै कारण दुवै देशको सहमतिमा बन्द छ ।

उता ताक्लाकोटमा रहेकाहरु उद्धारका लागि अपील गरिरहेका छन् भने यता, गृह मन्त्रालयका शान्ति सुरक्षा शाखाका उपसचिव उमाकान्त अधिकारीले यसबारे आफूहरूलाई औपचारिक रुपमा जानकारी नआएको बताउनु भयो । यो विषय गृह मन्त्रालयसँग सम्बन्धित बिषय मात्र नभएर दुवै देशको सम्बन्धको कुरा भएकोले चीनले नेपालसँग सीमा जोडिएका सबै नाका सिल गरेकाले नाका नखोल्दा सम्म केहीगर्न नसकिने पनि उपसचिव अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्