एजेन्सी : चीनले बुधबार महामारीविरुद्ध लड्न इटालीमा एक विशेषज्ञको टोली पठाएको छ । इटालीलाई सहयोग पुर्याउन चिकित्सा टोली पठाएको हो । रेडक्रस सोसाइटी चीनका उपाध्याक्ष र चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एक विशेषज्ञको नेतृत्वमा टोली इटाली गएको हो । सिचुआन प्रान्तका अन्य पाँच विशेषज्ञहरु पनि यो टोलीमा छन् ।
चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश इटाली हो । यहाँ १० हजारभन्दा बढी मानिसमा संक्रमण देखिइ सकेको छ भने ६ सय ३१ को मृ’त्यु भइसकेको छ। मंगलबार मात्रै १ सय ६८ जनाको मृ’त्यु भएको इटालीका अधिकारीले जनाएका छन् । अहिले सम्म १ हजार ४ जना मानिसहरु संक्रमणबाट निको भइसकेका छन् । मंगलबारसम्म इटालीका धेरै सहर बन्द भएका छन् ।
रोमका केही रेस्टुरेन्ट र बारहरु खुले पनि त्यहाँ थोरै संख्यामा मात्र पर्यटकहरु देखिन्थे । प्रधानमन्त्री ग्युसेप कोन्टले नागरिकहरुलाई घरमै बस्न आग्रह गरेका छन् । व्यायामशाला, सिनेमाघर, स्विमिङ पुल र विद्यालयहरु ब’न्द गरिएका छन् भने देशभर हुने खेलकुद प्रतियोगिता रोकिएका छन् तर सार्वजनिक यातायात भने ब’न्द गरिएको छैन ।
इटालीका आ’पतकालीन आयुक्त एन्गेलो बोरेलीका अनुसार कोरोना भाइरसबाट धेरै उमेर समूहका मानिसका लागि घा’तक देखिएको छ । अहिले मृ’त्यु भएका धेरैजसो मानिसमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको थियो। जसमा ७७ प्रतिशत मृ’त्यु ७० देखि ८९ वर्षसम्मका छन्, १० प्रतिशत मानिस ५० देखि ६९ सम्मका रहेका छन् भने बाँकी ९० वर्षभन्दा माथिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्