हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल फाल्गुन २९ गते बिहीबार, कुन राशिको भाग्यफल कस्तो छ ?

काठमाडौं : वि.सं.२०७६ साल फाल्गुन २९ गते । बिहीबार । ईश्वी सन् २०२० मार्च १२ तारिख। नेपाल संवत् ११४०। परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– तृतीया,२६ घडी ०९ पला, बेलुकी ०४ बजेर ४६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– चित्रा,३६ घडी ५५ पला,बेलुकी ०९ बजेर ०५ मिनेट उप्रान्त स्वाती । योग– वृद्धि,०४ घडी २४ पला,बिहान ०८ बजेर ०४ मिनेट उप्रान्त ध्रुव ।

मेष : साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहने छ । माया प्रेम तथा पति पत्नी विचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

बृष : वि’वाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरीएको लगानीबाट नाँफा कमाउँन निकैनै सं’घर्ष गर्नुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने छ । ऋणलाग्ने तथा खर्च बड्ने हुदा मन चिन्तित हुनेछ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा सोचेजस्तो प्रगती हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन : आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन सम्पति कमाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ ।

कर्कट : बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिने छ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउने छ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

सिहं : नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ। न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँ कै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ ।

कन्या : साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने छ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेको छ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ ।

तुला : पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ ।

बृश्चिक : समयको सहि सदुपयोग गरी विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ। कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन। व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला । बिहानको समय उत्तम रहेकोले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ भने चाहेका उपलब्धिहरु हासिल गर्न सकिने छ ।

धनु : आम्दानिको तुलनामा खर्च कम हुने हुदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतीको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ। राज नीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ ।

मकर : बिहानको समय राम्रो रहेकोले मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नु होला । निति निर्माण तहमा तपार्ईँको सह भागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नुपर्नेछ । बिहानबाट व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लखाईमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ ।

कुम्भ : लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरु भन्दा अग्र स्थानमा तपार्ईँको नाम आउने छ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ। पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पति को प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन : आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ। माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् । यूवा ज्योतिषि डिपि भण्डारी । ज्योतिष परामर्ष सेवा केन्द्र। कोटेश्वर, काठमाडौं फोन न.९८०८३०७२७५ नोट:चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

प्रतिक्रिया दिनुहोस्