चीनको घोषणा : कोरोना म’हामारी अब समाप्त भयो

बेइजिङ : चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो ।

चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको हो । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीन कै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन ।

यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो । हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस सं’क्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृ’त्यु भइ सकेको छ। यसमध्ये अधिकांश चिनियाँनै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्